Youth hostel operator broke the pieces of the murder of police constable to arrest the Month

10:35 AM

विराटनगर १३ स्थित अक्सफोर्ड होस्टलका संचालकलाई टुक्राटुक्रा पारेर हत्या गर्ने अपराधमा संलग्नलाई पक्राउ गर्ने प्रहरी हवल्दार भाद्र महिनाको पुलिस अफ दि मन्थ भएका छन् ।

हत्यामा संलग्न युवाहरुलाई पक्राउ गर्न सफल प्रहरी हवल्दार भक्तबहादुर बिष्टलाई पूर्वक्षेत्रीय प्रहरी कार्यालय
विराटनगरले पुरस्कृत गरेको हो ।

सुनसरी औरावनी–५ घर भई विराटनगर–१३ मा अक्सफोर्ड होस्टेल संचालन गरी बसेका १९ वर्षीय  विनोद यादवलाई गत भाद्र २० गते राति धारीलो हतियारले हत्या गरी टाउको र दुबै घुँडा मुनिको भाग टुक्रा–टुक्रा पारी बोरामा प्याक गरिएको अवस्थामा भाद्र २१ गते विहान शव फेला परेको थियो ।


यादवको हत्या पश्चात फरार भएका तीन युवकहरुलाई प्रहरीले १२ घण्टा नबित्दै सिमा क्षेत्रबाट पक्राउ गरेका थिए ।


यादवको हत्यामा संलग्नहरु पक्राउ गर्ने कार्यमा प्रहरी हवल्दार विष्टले निर्वाह गरेको भूमिकाको कदर गर्दै यसको निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रोत्साहनकालागी उनलाई २०७३ साल भाद्र महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत गरिएको हो ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images