Cameroon: Enhanced box out of 10 trains, 53 killed

7:12 PM

कात्तिक ६ – क्यामरुनमा रेल दुर्घटना हुँदा कम्तिमा ५३ जनाको ज्यान गएको छ । यात्रुले भरिएको रेलको डिक्बा लिकबाट बाहिर जाँदा दुर्घटना भएको हो । याउन्डे र डुआला शहरको बिचभाग एसेकामा भएको रेल दुर्घटना तीन सयजना घाइते भएको क्यामरुन सरकारले जनाएको छ । ६ सयजनाको क्षमता रहेको रेलमा १३ सयजना सवार रहेको समाचार संस्था एपीले जनाएको छ । दुघर्टनामा धेरै मानिस घाइते भएको र केहीको हात तथा केहीको खुट्टा काटिएको प्रत्यक्षदर्शीले बताएका छन् । रेलका १० वटा डिब्बा पल्टिएका हुन् । लगातारको वर्षाका कारण बाटो ठाउँ ठाउँमा बिग्रिएको थियो । यसले गर्दा बसबाट यात्रा गर्न समस्या भएपछि रेलमा थप यात्रु लैजानका लागि नियमित भन्दा ८ वटा बढी डिब्बा जोडिएको थियो । यातायात मन्त्री एडगार्ड एलनले ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने बताउनुभएको छ । 

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images