Former Home Minister of the Government to bring divers prepare to search for Bangladesh
9:01 AMपूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको खोजी गर्न सरकारले बंगलादेशवाट पानी भित्र खोजी गर्ने गोताखोरहरु ल्याउने तयारी गरेको छ ।
आईतबार त्रिशुली नदीमा पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे सवार जीप
दुर्घटनामा परेपछि आज घटनास्थल पुग्नुभएका भौतिक पूर्वाधार तथा यातायात
मन्त्री रमेश लेखकले गोताखोरहरु ल्याउन पहल भैरहेको जानकारी दिनुभयो ।
यसबारे आफुले प्रधानमन्त्री पुष्पकमल दाहालसंग कुरा गरेको उहाँको भनाई थियो
। मन्त्री लेखकले पुर्व गृहमन्त्री घिमिरेको अवस्था पत्ता लगाउन सरकारले
सवै स्रोत र शक्ति परिचालन गरिएको वताउनु भयो ।उहांले सवै निकायलाई
निर्देशन दिइसकेको र आवश्यक सामाग्री पनि ल्याइने तयारी भैरहेको जानाकारी
दिनुभयो ।
मन्त्री लेखकले घटनास्थलमा परिवार र आफन्तका सदस्यलाई पनि भेट गर्नुभएको छ ।
भेटमा मन्त्री लेखकले आफन्तलाई खोजी कार्यमा सरकारले कुनै कसर बाँकी
नराख्ने भन्दै धैर्यधारण गर्न आग्रह गर्नुभयो ।
0 comments