Richter 6.2 earthquake devastated the city has been in Italy for three, until 2 9 0 Death hundred

7:28 AM

एजेन्सी । इटालीमा गएको बुधबार बिहान गएको ६ दशमलव २ रेक्टर स्केलको भूकम्पमा परि अहिलेसम्म २ सय ९० जनाको ज्यान गएको छ । राजधानी रोमबाट एक सय किलोमिटर उत्तर–पूर्वमा रहेको पेरुगिए शहर केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

भूकम्पमा तीन वटा पुराना सहर ध्वस्त भयो ।
Rescuers work following an earthquake in Pescara del Tronto, central Italy. REUTERS/Adamo Di Loreto
भूकम्पमा परि ज्यान गुमाएका ४० जनाको सामूहिक अन्तिम संस्कार गरिएको छ । उद्धार तथा राहतको काम अझै पनि जारी छ । केही ठाउँमा भने जीवतको खोजी गर्ने क्रम रोकिएको छ । भूकम्पमा परि घाइते भएका तीन सय ८८ जनाको उपचार भइरहेको र त्यस मध्ये ४० जनाको अवस्था गम्भीर रहेको रोममा रहेको नागरिक सुरक्षा विभागले जनाएको छ ।
160825142638_italy_aerial_shots_of_earthquake_5_976x549_ap
भूम्कप प्रभावित त्रिपाल तथा टेन्टमा बसिरहेका छन् । सरकारले भूकम्पले क्षति पुगेका सबै क्षेत्रको पुनर्निमाण गर्ने प्रतिबद्धता जनाएको छ । तर केही प्रभावितले भने सरकारको प्रतिबद्धता कार्यान्वयन नहुने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।
2

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images