Today's Horoscope - BS 2073 year on October 22. Saturday. Ishbi date of October 8, 2016.
12:17 PM
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
स्वास्थ्य कमजोर रहनाले काममा जुट्न नसकिएला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। तापनि रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। व्यावसायिक काममा मेहनतको फल प्राप्त हुनेछ। सेवामूलक काम गर्दा प्रतिष्ठा पाइनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। सानातिना घरेलु काममै अल्झनुपर्दा लक्ष्य प्राप्त नहुन सक्छ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्य कमजोर हुनाले आँटेको काम रोकिन सक्छ। अध्ययनमा समय दिन नसकिएला। सवारीसाधन चलाउँदा पनि सावधानी अपनाउनुहोला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। धेरैको मन लोभ्याउने प्रगति हासिल हुनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। व्यापारमा मनग्य लाभ लिने समय छ। व्यवसायले समेत यात्राको अवसर दिलाउन सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै स्थापित बन्न सकिनेछ। रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा र्इर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ याेजना शुभारम्भ तथा गर्ने समय छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ भने मेहनत गर्दा बिस्तारै प्रगति हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
विगतका निर्णयले काम बिग्रन सक्छ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। महत्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ। परिवारमा आमाको माध्यमबाट फाइदा होला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
छोटो समयमा विशेष उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन प्राप्त हुनुका साथै गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
बोलीको भरमा काम सम्पादन हुनेछ। मनग्य धन लाभ हुनुका साथै मानसम्मान पनि प्राप्त हुनेछ। आफ्ना कामको धेरैले तारिफ गर्नेछन्। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरू जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। अध्ययनमा प्रगति हुनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। विशेष सभा–समारोहमा सहभागी बन्ने अवसर प्राप्त हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढिन सक्छन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कृषि, पशुपालनमा आदिमा सामान्य फाइदाकै समय छ। तर रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने स्थिति आउला। भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला। श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। धेरै लगानीपछि कम प्रतिफल पाइनेछ। आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ।

0 comments