The eight women may know what to keep healthy genitals

11:25 AM

लण्डनको क्वीन्सवे गाइनोकोलोजी सेन्टरका स्त्री रोग विशेषज्ञ डा.अहमद इस्मेल धेरैजसो महिलाहरुले लुकाउने गरेको यौन स्वास्थ्य सम्वन्धी यिनै समस्याको समाधान उपाय उल्लेख गरेका छन् ।
यौनाङ्ग स्वास्थ्य राखेमात्रै समाधान हुने यस्ता समस्या समाधानका लागि डा अहमदले आठ तरिका सिकाएका छन् ।
के के हुन् त यौनाङ्ग स्वास्थ्य राख्ने उपायहरु :
१. सार्वजनिक शौचालय जहाँ ड्याप्प बसेर शौच गर्नुपर्छ, त्यस्ता शौचालय प्रयोग गर्दा टिस्यू पेपर अथवा रुमाल प्रयोग गर्नु राम्रो हुन्छ । त्यसो गर्दा कमोटमा अर्थात सतहमा रहेका किटाणुहरु तपाँईको शरीरमा पुग्दैन् ।
२. धेरै समय बाहिरी बाताबरणमा काम गर्दा गर्मी हुन्छ यौनाङ्गमा संक्रमण हुन सक्छ । त्यसैले त्यस्ता महिलाले दिनहुँ यौनाङ्ग सफा गर्ने गर्नुपर्दछ । हावाको प्रवाह बढाई सुख्खा हुन दिनु पर्छ ।
३. कटन तथा सूतीका भित्री बस्त्र को प्रयोग गर्नुस् । यसले यौनाङ्गमा उचित भेन्टीलेसन दिन्छ र संक्रमणबाट बचाउँछ । सिन्थेटिक अन्डरवेयर प्रयोग नगर्नुस् ।
४. यौनसम्पर्क अथवा हस्तमैथुनको समयमा उपकरण, औजार, सेक्स टोय को प्रयोग गर्नुहुन्छ भने यस्ता उपकरणहरुको सरसफाइमा ध्यान दिनु जरुरी हुन्छ । यस्ता उपकरणको तातो पानी र साबुनको प्रयोग गरी नियमति सफा गर्नुस् ।
५. कसिलो खालको भित्री तथा बाहिरी बस्त्र प्रयोग नगर्नुस् । खुकुलो बस्त्रले हावाको प्रवाह बढाई संक्रमणबाट बचाउँछ ।
६. यदि तपाइँ यौन क्रियाकलापमा भाग लिनु भएको छैन भने पनि निरन्तर आफ्नो यौनाङ्गको स्वास्थ्यको बिषयमा परामर्श लिइराख्नुस् ।
७. यौनक्रियाकलापमा निरन्तर सहभागी हुनुहुन्छ भने तपाइँलाई यौन स्वास्थ्यको बिषयमा अझ बढी ध्यान दिनु जरुरी हुन्छ । निरन्तर परीक्षण र परामर्श खोज्नुहोस् । अझ् सक्नुहुन्छ भने त्यसको परीक्षण तपाइँको यौनसाथीलाई पनि गराउनुहोस् ।
८. अलोन सेक्समा सहभागी हुनेहरु एकदमै सचेत हुनु जरुरी छ । अलोन सेक्स पछि भेजिनल सेक्स गर्नु स्वास्थ्यको हिसावले निकै नराम्रो हुन्छ । किनभने अलोन सेक्सबाट आएको इ कोली नामक ब्याक्टेरियाले योनीमा संक्रमण गराउन सक्छ । यसले सिस्टिस इन्डोमेट्राइ प्रजनन् समस्या निम्त्याउन सक्छ । – नेपाली हेल्थ

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images