Singer Sita Magar
11:43 PMसानो उमेर देखिनै लोकदोहोरी गायिका बनेर चर्चा कमाउने सपना सजाउँदै आएकी
सीता थापामगर झण्डै सात वर्ष अघि आफनो सपना साकार बनाउन सपनै–सपनाको शहर
मानिने काठमाडौमा प्रवेश गरेकी थिइन् । काठमाडौंमा आफ्नो भविस्य सुरक्षीत
गर्न थापाले लोकदोहोरी साँझको सहायता लिईन् र त्यो क्रमलाई निरन्तरता पनि
दिईरहेकी छन् ।
त्यसो
त अहिले पनि उनी त्यहाँ आउने ग्राहकपिच्छेका अनुरोध गीत गाएर उनी
काठमाडौमा चर्चित छिन् तर गोरखाबाट काठमाडौ आउँदा देखेको सपना अँझैसम्म
सपनामै सिमित छ । गायन यात्राको सात वर्षे अनुभव, दोहोरी साँझहरुमा गीत
गाउँदाको रमाईलो र उनले बुनेको सपना पुरा नभएको छट्पटीबारे सीता थापा मगर
हरेकपलसँग यसरी छच्लकिइन् । गीत गाउँदा—गाउँदा थाकिएन् भन्या ? अहिले नै
थाकेर के गर्ने ? (प्रतिप्रश्न) कति गर्नु छ, छ । यि त संघर्षका दिनहरु
हुन् थकाई मारेर कहाँ हुन्छ र ? गीत गाउन कहिलेदेखि सुरु गर्नु भएको हो ?
सानैदेखि लगभग १४ वर्षको उमेर थियो होला ।
दोहारी साँझमा गीत गाउन
थाल्नु भएको कति भयो ? सात वर्ष भयो । कुन—कुन दोहोरी साँझमा गीत गाउँनु
भयो ? काठमाडौं आउनु भन्दा पहिला मुग्लीन दोहोरी साँझमा गीत गाउथें ।
काठमाडां छिरेपछि देउराली दोहोरी साँझमा र फेवा दोहोरी साँझमा गाँए । तर,
अहिले गामवेसी दोहोरी साँझमा गाउँछु । अहिलेसम्म गीत रेकर्ड गर्नु भएको छ,
कि छैन ? छ, ४ वर्ष अघि नौमति बाजा बजाउदै एल्वम निकालेकी थिए । अहिले सम्म
जम्मा ७÷८ वटा गीत रेर्कड गरिसकेकी छु । पहिलो रेकर्डेड गीत कुन हो ?
मुलको पानी गयो सुकेर, फर्केर नी हेर्न मन लागेको छैन चित्त दुखेर’ भन्ने
गीत जुन तारानाथ घिमिरे दाइले सहयोग गर्नु भएको थियो ।
दोहोरी साँझ
बाहिर गीत गाउनु भएको छ कि नै ? महोत्सवहरु, तीजमा गाएको छु । मन पर्ने गीत
चाहि कुन हो ? ‘सानु कहाँ छौ ’मेक्सम खातीको गीत एकदमै मन पर्छ । राती
दोहोरी गाउँन जाँदा कतिको दुःख खेप्नु परेको छ ? त्यस्तो अहिलेसम्म केही
भोग्नु परेको छैन । राती कति बजे पुग्नुहुन्छ दोहोरी साँझमा र कति बजे घर
फर्कनु हुन्छ ? साँझ ६, साढे ६ बजे नै पुग्छु र घर राती १२ बजे पछि
फर्कन्छु । कति बजे सुत्नु हुन्छ ? बिहान २ बजेतिर सुत्छु । राती हिड्दा
ट्याक्सी तथा अन्य व्यक्तिबाट दु:ख पाउनु भएको छ, कि छैन ? अहिलेसम्म छैन ।
ग्राहकले दोहोरी साँझबाटै जाउ भन्छन् रे नी ? के भन्नु हुन्छ त्यस्तो बेला
? तिनीहरु होसमा हुँदैनन् त्यसैले ल-ल हुन्छ नि, पछि जाउँला नी भनेर
टारिदिन्छु ।
विवाह कहिले गर्नुभएको हो ? दुई वर्ष अगाडी लभ म्यारिज
गरेको हो । लभ कहाँ कसरी पर्यो नी ? दोहोरी साँझमा उहाँ साथीहरुसँग आउने
गर्नुहुन्थ्यो । उहाँलाई मेरो स्वर मन पर्थ्यो रे । त्यसैले बेला—बेलामा
गीत लेखेर दिनुहुन्थ्यो अनि म गाउने गर्थे । त्यस्तैमा एक दिन आइ लभ यु
लेखेर दिनु भयो । यो प्रक्रिया लम्बीँदै जाँदा लभ सम्म पुग्यो । छिटो विवाह
गरे जस्तो लाग्दैन तपाईलाई ? छिटो त भयो तर विवाह त एक चोटी गर्नै पर्ने त
हो नी । विवाह पूर्वको माया र पछिको मायामा के फरक पाउनु भयो ? विवाह
गर्नु भन्दा पहिला र अहिलेमा पछि झन् माया गहिरो हुदो रहेछ । तपाई यसरी
दोहोरी सांझमा गीत गाउनु हुन्छ, श्रीमान् केही भन्नुहुन्न् ? उहाँ एकदमै
बुझ्ने हुनुहुन्छ त्यसैले सहयोग गर्नु हुन्छ ।
सेक्स भनेको के हो तपाईको
विचारमा ? मान्छेलाई चाहिने अत्यावश्यक चिज हो । पहिलो सेक्स कोसँग
गर्नुभयो ? पत्याउनु होला, श्रीमान्सँग नै मेरो पहिलो अनुभव हो । पहिलो
सेक्सको अनुभव कस्तो थियो ? हा..हा..हा..(हाँस्दै) कस्तो प्रश्न
हा..हा..पहिलो सेक्स गर्दा सारै पिडादायी भयो । तर पछि—पछि चाहि बानी पर्दै
गएकोले अहिले त निकै रमाइलो हुन्छ । को व्यक्तिबाट प्रेरित भएर गीत गाउन
लाग्नु भएको हो ? बाचाबन्धन फिल्ममा बिमा कुमारी दुराले गाएको गीत
‘गोठालेको यस्तै छ जीवन’ भन्ने गीत सुनेपछि मैले बारम्बार त्यहि गीत घाँस
दाउरा गर्दा र स्कुलका कार्यक्रमहरुमा गाइरहन्थे ।
सोच्थें म पनि
त्यस्तै हुन पाए कस्तो हुन्थ्यो होला । एकदिनमा कति गीत गाउनुहुन्छ ? ७/८
वटा गाउछु । फेसबुक र ट्वीटर कत्तिको चलाउनु हुन्छ ? म केहि पनि चलाउँदिन ।
अहिलेको यस्तो टेक्नोलोजिको युगमा त्यसमा पनि तपाई जस्ता कलाकारहरुको लागि
त अति आवश्यक छ, किन नचलाउनु भएको हो ? आवश्यक त छ तर मलाई मन पर्दैन ।
सपिङ जाँदा कोसँग जानुहुन्छ । प्रायः एक्लै जान मन पर्छ । कस्तो पोशाक गर्न
मन लाग्छ ? टिसर्ट, पाइन्ट, कुर्ता सुरुवाल र लोकदोहोरी पोशाक मन पर्छ ।
0 comments