Nitaqat visa fee hike, the weakest of the Nepali workers will be affected -
9:29 AM१५
असोज, काठमाडौं । साउदी अरबले आफ्नो भिसासहित अध्यागमन सम्बद्ध शुल्कमा
भारी वृद्धि गरेको छ । तेलको मूल्य आएको गिरावटले राजश्व प्रभावित भएपछि
साउदी सरकारले भिसा शुल्क बढाएको हो । र, यो भोलि आइतबारदेखि नै लागू हुने
अरबन्युजले जनाएको छ ।
नयाँ शूल्क अनुसार यसअघि २५ रियालमा पाइने भिजिट भिसाका लागि अब २ हजार
रियाल तिर्नुपर्ने भएको छ । यस्तै ५ सय रियालमा पाइने ६ महिनाको मल्टिपल
भिसा अब ३ हजार रियाल तिरेपछि मात्रै लाग्नेछ । एकवर्षका लागि ५ हजार रियाल
र दुई वर्षका लागि मल्टिपल भिसा पाउन अब ८ हजार रियाल तिर्नुपर्ने भएको छ ।
साउदी सरकारले एक्जिट एण्ड रि-इन्ट्री भिसा शूल्क पनि तोकेको छ । यसबाट नेपालीहरु पनि प्रभावित हुनेछन् ।
दुई महिना छुट्टीमा आउनेले २०० रियल ‘एक्जिट एण्ड रिइन्ट्री भिसा शूल्क
तिर्नु पर्ने समाचारमा उल्लेख छ । दुई महिनाभन्दा बढी बसेमा प्रत्येक
महिनाको १ सय रियालका दरले अतिरिक्त शुल्क तिर्नुपर्ने भएको छ ।
कम तलब कम पाउने, समयमै नपाउने र बढी दुःख, जोखिम खेप्नुपर्ने स्थितिले
पछिल्लो समयमा नेपालीको आकर्षण घट्दो छ । अब बढेको शूल्कले उनीहरुलाई थप
मारमा पारेको छ ।
साउदी सरकारले यसअघि नै इकामा (आवासिय अनुमति पत्र)को शुल्कमा भारी
बृद्धि गरेका कारण कामदार तथा रोजगारदाता कम्पनीमा अतिरिक्त भार परेको थियो
।
कुनैपनि नेपालीले साउदीमा स्थायी रुपमा बसाइसराई, नागरिकता, पीआर या
ग्रीनकार्ड लगायतका सुविधा र अधिकार पाउँदैनन् । अब अस्थयी रोजगार तथा
आप्रवासनका लागि पनि साउदी अरब महंगो शुल्क बुझाउनुपर्ने मुलुकमा पर्ने
भएको छ ।
साउदीले अब सामुन्दि्रक बाटो हुँदै देश छोड्नेहरुसँग पनि ५० रियाल
इक्जीट शुल्क लिनेछ । मल्टिपल भिसा अवधि थप्दा प्रतिमहिना २ सय रियाल पनि
बुझाउनुपर्नेछ ।
0 comments