Gagan Thapa from Jumla to cry Marilyn's death, the fulfillment of the wishes of the world eliminated a satamai
9:38 PMकाठमाडौं, २० असोज
। अस्पतालबाट मृत्यु पूर्जा पाएर स्वास्थ्य मन्त्री गगन थापासँग भेट गर्ने
इच्छा राखेकी जुम्लाकी युवती सन्ध्या शाहीको बुधबार निधन भएको छ ।
स्वास्थ्यमन्त्री थापालाई भेट्न उनले पत्र नै लेखेकी थिइन् । जुन निकै
चर्चित भएको थियो ।
पत्र सार्वजनिक भएपछि मन्त्री थापा असोज ११ गते सन्ध्यालाई भेट्न उनकै
निवास पुगेका थिए । स्वास्थ्यमन्त्री भेट्ने आफ्नो इच्छा पूरा भएपछि
सन्ध्याले असोज १९ अर्थात हिजो बुधबार संसार छाडेकी हुन् । जुम्लाका
स्थानिय महेन्द्र हमालका अनुसार बुधवार निधन भएकी सन्ध्याको बुधवार नै
दाहसंस्कार गरिएको छ ।
जुम्लाकी
स्थानीय सन्ध्याको दाहसंस्कारमा जुम्ला र कर्णालीका कैयन सर्वसाधारण
पुगेका थिए । उनको निधनमा सिंगो कर्णालीबासी दुःखी रहेको स्थानियहरुले
बताएका छन् । यसअघि सन्ध्यासँगको भेटमा उनका पीडा सुनेर मन्त्री थापा भावुक
भएका थिए । क्यान्सर रोगबाट पीडित उनले अस्पतालहरुमा विरामीलाई गरिने
व्यवहार लगायतका अन्य पीडाका बिषयमा मन्त्री थापासँग गुनासो पोखेकी थिइन् ।
0 comments