Amitabh Bachchan large accident survivors

6:54 PM

महात्मा गान्धीको जन्मजयन्तीमा आयोजित कार्यक्रममा सहभागी हुन मुम्बईमा पुगेका बलिउडका महानायक अमिताभ बच्चन ठूलो दुर्घटनाबाट बाँच्न सफल भएका छन् । गान्धीको जन्मजयन्तीमा भारतीय टिभी एनडिटिभीले आयोजना गरेको ‘स्वच्छ भारत’ अभियानमा सहभागी हुन अमिताभ ‘होटल सन एन्ड सेन्ड’ पुगेका थिए । कार्यक्रमका आकर्षक व्यक्तित्त्व बनेका अमिताभलाई भेट्न उनी उपस्थित भएको मञ्चमा भीड लागेपछि अत्याधिक भारले गर्दा मञ्च भाँचिएको थियो । मञ्च भाँचिन थालेको महसुस भएपछि अमिताभ सुरुमै भागेर आफ्नो ज्यान जोगाउन सफल भएका र उनलाई कुनै चोट नलागेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images