Today is the first day of the houses gave badadasaimko, the urn and the establishment of Ganesh who Jamara day, Ghatasthapana Good Time 08: The 35 o'clock saitako

7:01 PM

KATHMANDU, 15 September - October of each year, starting Nepali Shukla pratipadadekhi Bada great festival has begun. This festival is celebrated 15 days OCT Shukla moon. Today is the first day of the Bada house to house gave the Vedic ritual, the pitcher and the establishment of Ganesh is Ghatasthapana. Dashain quitting the house of strength, calling the presiding goddess Durga Puja is the beginning.
Today ends the morning routines of the closest river or clean sand or soil to bring a brief cow dung has been mending it with shrines or dasaimgharama vidhipurpaka barley (malt) are sown. Keep it called Jamara. Planting of barley malt by Ankur Durga Durga dear objects, offering hearty day today prasadasamgai vaccine is received Jamara yellow symbol of prosperity.


 काठमाडौँ, १५ असोज - प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जौ (यव) रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ । जौको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । कुल परम्परा र स्थान विशेषानुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ ।

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ । आज घटस्थापनाको साइत बिहान ८ बजेर ३५ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

दुर्गादेवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवम् आराधना गर्ने परम्परा नेपाली समाजमा छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज लगायत राक्षसलाई बध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना हुन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ ।

यस पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । नौ दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

दुर्गादेवीले आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजाआराधना गर्ने शास्त्रीय नियम छ । "दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवम् धर्मविशेषको भनी शास्त्रीय रुपमा प्रमाण छैन, यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाइन्छ" – धर्मशास्त्रविद् एवम् समितिका अध्यक्ष गौतमले भन्नुभयो । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

दुर्गाको प्रतीकका रुपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन फरक फरक गरी नौ कन्याको पूजा गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेले दसैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्छन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्न भक्तजनको भिड लाग्छ ।

नवरात्र भनेर समेत चिनिने दसैँ यस वर्ष तिथिको घटबढ नरहेकाले १० रात्रि र ११ दिनको छ । विगत केही वर्षमा तिथि टुटी सामान्य अवस्थामा हुनुपर्ने नौ रात्रि पनि दसैँमा नपरेकाले राष्ट्रलाई नै नराम्रो प्रभाव परेकामा यस वर्ष १० रात्रि र ११ दिनको संयोग घटस्थापनादेखि विजयादशमीसम्म जुरेकाले यसको फल समग्र राष्ट्रलाई नै राम्रो हुने नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ फलित ज्योतिषका सहप्राध्यापक डा माधवप्रसाद पाण्डेले बताउनुभयो । "असोज १६ गते आइतबार र असोज १७ गते सोमबार दुवै दिन द्वितीयामै सूर्योदय हुँदैछ, यसरी यस वर्ष तिथि बढेको छ"– पाण्डेले भन्नुभयो।

आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गादेवीलाई असोज २५ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र पूmल प्रसाद ग्रहण गरिन्छ । असोज २५ गते देवी विसर्जनको साइत बिहान ८ बजेर २५ मिनेटमा रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने असोज २५ गते ८ बजेर ४५ मिनेटको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताउनुभयो।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई ऐश्वर्य प्राप्तिको कामना गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ ।

आजका दिन घटस्थापना गरेर राखिएको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । परम्परानुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गादेवीको पूजा आराधना सुरु हुन्छ ।

रोजगारी, अध्ययन एवम् अन्य कामविशेषले आफ्नो घर बाहिर रहेका मानिस दसैँका अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर दसैँ मनाउने भएकाले यस पर्वलाई पारिवारिक पुनर्मिलनको पर्वका रुपमा समेत लिइन्छ । आजैदेखि धेरैजसो शैक्षिक संस्थाले सार्वजनिक बिदा दिने गर्छन् ।



Jamara barley grain other than the classical method of planting is not dharmasastravid and Nepal Calendar Determination Committee Chairman Prof Dr Chandra Gautam News Agency said. Total tradition and location visesanusara jausamgai other grain planting is the practice in various parts of the country.
Day, proclaimed the establishment of the camp decreases the pitcher will be the same as today, the day of worship in ghadamathi saktisvarupa Durga Ghatasthapana been that. Today, anointed by having established full kalasako Durga Prasad, who is a hearty day. Good morning, 8 minutes omens Ghatasthapana today congratulated Nepal 35 calendar jury said.
Three as Mahakali Durga, Lakshmi is worshiped, calling for precise and Mahasaraswati navaratrabhara. Mahakali power, Lakshmi Rai, Minister and Mahasaraswati richest and knowledge and wisdom as a symbol tradition worship worshiping Minister and Nepali society.
Durgale devilish behavior as a symbol of canda, the glans, sumbha, nisumbha and taken to slaughter raktabija including nine sort of monster party on the occasion of Durga Puja special, come and worship it. Shukla Oct 15 pratipadadekhi full moon day of Durga called party.
The party shailaputree the first day, the second day of a celibate, candraghanta the third day, the fourth day kusmanda, skandamata the fifth day, the sixth day katyayani, the seventh day kaalaraatri, the eighth day, the ninth day of mahaagauree and siddhidatriko is pujaaradhana. Nine Durga is also called a UN Gairi.
Durgadevile demoniac Minister and cannibalism, human jogaekale all flesh is the same pujaaradhana the classical rules. "Dashain festival of Durga Puja and classical as evidence that racial Minister and dharmavisesako, it is the welfare of mankind is celebrated as a symbol of power in favor of working" - dharmasastravid Minister and Chairman of the Committee said Gautam. Demonic power of the truth and divine power asatyamathi Dashain festival as a symbol of victory is celebrated.
From this day as a symbol of Durga mahanavamisamma virgin is worshiped in nine different each day. The service will be two years old to be a virgin is classical legislation. On the seventh day of the Bada Senior bhitryaincha religious ceremonially sacrificed said Maha Ashtami and Maha Navami day service at home who Dashain, Cote and special worship saktipithama balisahita.
Navaratrabhara saptasati Chandi Durga, the goddess srimaddevibhagavata and other hymns Minister and the text is. On this occasion, Naxal Bhagwati, Shobha Bhagwati, sewer Bhagwati, palancoka Bhagwati Minister and philosophy as well as across the country to worship in saktipithama crowd of devotees feel.
Dashain also known as Navratri this year, a date that night and pace, overtook 10 of 11 days. Under normal circumstances, should be the date the last few years faucet nine night stand, farmers, the nation also influenced by the bad luck this year, a 10-night and 11-day ghatasthapanadekhi vijayadasamisamma jurekale its fruit is better than the entire nation of Nepal Sanskrit University Professor Dr. Prasad Pandey said that Valmiki School of astrology. "On Sunday, September 16 and October 17 on Monday, two days dvitiyamai Sunrise happening, so this year has increased by date" - said Pandey.
Today the camp, calling for worship in homes will be 25 on October Durga Prasad as hearty day immersion vaccine to seniors, Jamara and receive e m l Prasad is. Goddess on September 25 augury immersion for 25 minutes in the morning, 8 congratulated the committee said. For the vaccine to seek omens to receive the Sacrament on October 25 and 45 minutes, 8 congratulated the Chairman Gautam good omens.
Vijayadasamidekhi Kojagrat Purnima Devi Prasad and blessed days, seniors are accepted. Purnima day, worked all night to swell fast dhanadhanyaki symbol of Lakshmi Puja is put Aishwarya wish to achieve. The man who worked all day to make it a religious belief held Laxmi giving Wealth grain.
Today's day by Ghatasthapana kept clean place Jamara Kojagrat purnimakai day immersion is started. Hanuman Dhoka palace in Kathmandu to preserve the Vedic convention dasaimgharama ceremonially laid Jamara saktisvarupa worship Durga Puja begins.
Employment, studied and other related work outside the home of a man to stand on the occasion of his return home and sit down with the family to celebrate the Dashain festival, as this is also regarded as a family reunion holiday. Most educational institutions have their reunion public holidays.

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images