The Saudi owner and police posts along the Nepalese workers to the lion house at pityoyo our government heartfelt request to you naugeri

9:15 AM

भाद्र १७, २०७३- तीन महिना गाडीको इन्जिन बिग्रिएको घटनालाई लिएर साउदी अरबमा गाडी मालिक र प्रहरी मिलेर चार जना नेपालीलाई निर्घात कुटपिट गरेका छन् ।
साउदी अरबको दमामस्थित ‘हमाद जे अल अजमी जेनरल कन्ट्रयाक्टिङ’मा कार्यरत ती ड्राइभरहरुलाई मालिकले आफ्नो घर नजिकै प्रहरी बोलाई कुटपिट गरेका हुन् ।
मालिकले नै उनीहरुलाई खाना समेत नदिई बन्धक बनाएर राखेका छन् । पीडितले आफूहरुलाई उद्धार गर्न नेपाली दूतावासलाई अनुरोध गरिसकेका छन् । पीडितको तर्फबाट परराष्ट्र मन्त्रालयमा समेत उद्धारको लागि निवेदन दिइएको छ ।
पीडित मध्ये बुटवलका ४० वर्षीय हस्तलाल केसीले आफूहरुमाथि भएको अन्याय यसरी सुनाए ।
‘म साउदी अरबमा आएको २९ महिना हुँदैछ । हामी हाल १८ जना नेपाली कार्यरत छौं । कम्पनीले ड्राइभर र गाडी सहित विभिन्न कम्पनीमा सप्लाईमा पठाउने गरेको थियो । हामी दमामको मदिना भन्ने ठाँउमा काम गर्थ्यौं । बाँकी साथीहरु रियाद,  जिजान (यमनको बोर्डर)मा काम गर्छन् ।
तीन महिनाको अघिको कुरा हो । इदको बेला गाडी पार्किङ गरेर क्याम्पमा आएका थियौं । हामीले पार्किङ गर्ने ठाँउमा डेढसय भन्दा बढी गाडी पार्किङ गरेर राख्ने गर्छौं । त्यहाँबाट ५०० सय मिटरको दुरीमा हामी बस्छौ । जहाँ ५ सयभन्दा बढी कामदार बस्ने गरेका थियौं । त्यस बेला सहकर्मी जयलाल यादवले चलाउने गाडीको इन्जिनमा कसैले चिनी हालिदिएछ । त्यसपछि गाडीको इन्जिन नै जल्यो । काम लागेन । कम्पनीले छानबिन गर्‍यो केही पत्ता लगाएन ।
मेरो गएको जुलाई २५ तारिख नेपाल फर्किने समय थियो । नेपालीले छाडेर यही कम्पनीमा नफर्किने भएकोले मलाई पनि जना दिइरहेको थिएन । जानेहरुलाई ३५ सय रियाल धरौटी राखेर मात्रै पठाउँथे । गत हप्ता छानबिनको लागि भन्दै मदिनाबाट दमाम बोलायो । त्यसपछि हामीलाई दमामको हापुक सिटी नजिकै उदलिया भन्ने स्थानमा ल्याएर राख्यो । यो मालिक बस्ने घर नजिकै हो ।
मालिकले हामी बसिरहेको ठाउँमा चिनेको प्रहरीलाई लिएर आयो । कोठामा मोरङका २८ वर्षीय हिक्मत श्रेष्ठ, पाल्पाका २८ वर्षीय नारयणमल्ल ठकुरी, प्युठानका २८ वर्षीय हिमाल मगर र एक पाकिस्तानी थियो । पाकिस्तानीलाई थोरै हिर्काएर साइड लगायो । मालिकले पाकिस्तानीलाई धेरै पिट्यो भने अरु पाकिस्तानीले बबाल गर्छ भन्दै थप पिटेन । त्यसलाई हामी चार जनालाई भने निर्घात पिट्यो । म सहित सबै साथीहरुको जिऊमा डामैडाम छ ।
त्यसपछि हाम्रो लाइसेन्स, अकामा (परिचयपत्र), मेडिकल कार्ड सबै खोसेर लिएर गयो । मालिकले एक जनालाई जिम्मेवारी लिन भनेर सात दिनको समय दिएको छ । ५ दिन बितिसकेको छ । दुई दिन अब बाँकी छ । जिम्मेवारी नलिए फेरी प्रहरी बोलाएर ल्याउने र केही मुद्दा लगाएर जेल पठाउने धम्की दिएको छ । हामीले दमाममा रहेको दूतावासका प्रतिनिधि हरिप्रसाद घिमिरेलाई पनि आएर उद्धार गर्न भनेको छु । उहाँले मालिकसँग कुरा भइरहेको जनाउँदै हामीलाई राखेको ठाउँमै आउने भनिराख्नुभएको छ ।
हामी चाहन्छौं कि हामी माथि थप कुटपिट नहोस् । सकुशल उद्धार भएर स्वदेश फिर्ने वातावरण बनोस् । बाँकी साथीहरु पनि नेपाल फिर्ता हुन चाहिरहेका छन् ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images