That this is the first poultry eggs pahilah respond vaijnanikaharukae
2:00 AMकुखुरी
पहिला आयो कि अण्डा ? यो प्रश्न मानिसहरुबिच जहिले पनि विवादमा रहेको थियो
। तर, यसको ठोस उत्तर भने कोहीसँग पनि रहेको थिएन । तर, अब वैज्ञानिकहरुले
दाबी गर्दै भनेका छन्,‘संसारमा कुखुरी नै पहिला आएको थियो ।’ब्रिटेनका
वैज्ञानिकहरुले यसबारे प्रमाण भेट्टाइएको बताएका छन् । बेलायतमा रहेको
शेफील्ड तथा वारविक विश्वविद्यालयका शोधकर्ताले अण्डाको परिक्षण पछि उक्त
निष्कर्षमा पुगेको बताएका छन् ।
वैज्ञानिकका अनुसार अण्डामा रहने छिल्कामा एउटा महत्वपुर्ण प्रोटिन हुने
गर्छ । त्यो मात्र कुखुरीको अण्डासयबाट मात्र उत्पादन हुने गर्छ ।
त्यसैका कारण पनि अण्डाभन्दा पहिला कुखुरी आएको उनीहरुको दावी रहेको छ
।वैज्ञानिकले यसबारे पहिला नै जानकारी थियो कि ओसी–१७ नामक प्रोटीनले
अण्डाको खोल बनाउन प्रमुख भुमिका खेल्छ । नयाँ प्रबिधिको प्रयोग गर्दै
ओसी–१७ कसरी बन्छ भनेर उनीहरुले अध्ययन गरेका थिए ।
जब क्यालसियम कार्बोनेटसँग ओसी–१७ मिल्छ तब अण्डाको खोल बन्ने गर्छ ।
यसपछि प्रश्न उठ्यो कि कसरी कुखुरी कसरी जन्मियो । वैज्ञानिकहरुले भनेका
छन्,‘अण्डा दिने पंछी र केही अन्य प्रजातिको समागले कुखुराको जन्म भएको हो
।’यस नतिजामा धेरै ठुलो सफलता मिलेको शफीफिल्डका प्रोफेसर जोन हर्डिङले
बताएका छन् । उनले अण्डाको खोल कसरी निर्माण हुन्छ भने अध्ययनका कारण पनि
सफलता मिलेको तर, यो निकै चुनौतीपुर्ण रहेको उनले बताएका छन् ।
नेपालीपत्रकाे सहयाेगमा |
0 comments