Sandhya Shahi Wrote Letter To Gagan Thapa
8:28 AM काठमाडौं,
११ असोज । भक्तपुर क्यान्सर अस्पतालबाट मृत्युको पुर्जा पाएकी जुम्लाकी
सन्ध्या शाहले पत्रमार्फत स्वास्थमन्त्री गगन थापासँग भेट इच्छा जाहेर
गरेपछि मन्त्री थापाले उनलाई भेटेका छन् ।
मृत्यु कुरेर बसेकी जुम्लाकी सन्ध्या शाहले मृत्यु पूर्व आफ्नो अन्तिम
इच्छा नै स्वास्थमन्त्रीसँग भेट गर्ने भनेर शुक्रबार पत्र लेखेकी थिइन् ।
त्यसपछि मन्त्री थापाले सोमबार साँझ जुम्लाका एक स्थानियलाई साथमा लिएर
सन्ध्याकै डेरामा पुगेर भेटेका हुन् ।
भिडियो यहाँ बाट हेर्नुहोस :
भेटमा सन्ध्याले आफ्नो परिवारिक आवस्था र आफ्नो उपचार गराउँदा परिवारको
आर्थिक आवस्था नै एकदम नाजुक भइसकेको बताइन् । उपचारका क्रममा आफूले भोगेका
पीडाहरु पनि सन्ध्याले मन्त्री थापालाई सुनाइन् ।
सन्ध्याले अस्पतालमा डाक्टर र उपचारमा संलग्नहरुले गर्ने व्यवहार बारेमा
मन्त्रीलाई सुनाउने क्रममा अस्पतालमा उपचार मात्र हैन विरामीहरुलाई गर्ने
व्यवहार तथा तिनका आफन्तहरुलाई गर्ने व्यवहारबारे धेरै कुरा सिकाउनु पर्ने र
त्यसो नहुँदा आफू जस्ता हजारौं विरामी र तिनका आफन्तहरुले भोग्नु परेको
नराम्रो पीडा पनि भनिन् ।
सन्ध्याले अघिल्लो सरकारमा खगराज अभिकारी स्वास्थमन्त्री हुँदा आफूले
उपचारमा सहयोग गर्न आग्रह गर्दै निवेदन दिएको मन्त्रीले सहयोग गर्नेपनि भने
तर आफूले सहयोग पाउन नसकेको दुखेसो गरिन् ।
सन्ध्याको दुखेसो सुनेपछि भावुक भएका मन्त्री थापाले आम नेपालीले
स्वास्थ उपचारमा समान पहुँच राख्न सकुन् भनेर नीतिगत रुपमा काम गरिरहेको
बताए ।
अघिल्लो सरकारको पालामा सन्ध्याको उपचारको फाइल मन्त्रालयमा पुगिसकेको
आफुले आफ्नो सचिवालयबाट पनि जानकारी पाएकोले त्यो फाइललाई खोजेर अघि बढाउने
र के कस्तो सुविधा उपलब्ध गराउन सकिन्छ त्यसबारे सचिवालयलाई निर्देशन दिने
बताए ।
मन्त्री थापाले सन्ध्याले उठाएका उनका पीडाका विषयका अतिरिक्त कतिपय
आचरणगत रुपमा सुधार्नुपर्ने विषयहरु रहेको बताए । यी सबै विषयलाई आफूले
मन्त्री भएको समयभित्र टुङ्ग्याउने पहल गरिरहेको र सन्ध्याले उठाएका विकृति
र विसंगति कम गर्न आफू लागिपर्ने बताए ।
आफूलाई लेखेको पत्र पढेर तथा त्यसबारेमा बुझेर भेटेरै कुरा गर्न आएको
भन्दै मन्त्री थापाले प्रतिकुल स्वास्थ आवस्थाका बीच स्वास्थ क्षेत्रको
बारेमा राम्रोका लागि उनले गरेको प्रयास र पहलका लागि धन्यवाद दिँदै
सन्ध्याले राखेको धैर्यताको पनि प्रशंसा गरे ।
0 comments