Prime Minister Prachanda, the President's house redakarpeta -
10:09 PM
उनको स्वागतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थिति थिए ।
उनले आज भेटघाट एवम् द्विपक्षीय वार्ता गर्नुका साथै महत्वपूर्ण सम्झौता हुने पनि कार्यक्रम रहेको छ । यहाँस्थित भारतका लागि नेपाली कार्यवाहक राजदूत कृष्णप्रसाद ढकालका अनुसार महत्वपूर्ण भेटघाटका क्रममा दुई देश बीचको हितका विषयमा कुराकानी हुनेछ ।
प्रधानमन्त्रीको कार्यतालिकाअनुसार राष्ट्रपति भवनमा आयोजना हुने ‘गार्ड अफ अनर’ समारोहमा प्रधानमन्त्री सहभागी हुनुहुनेछ भने उनले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जलि अर्पण गर्नेछन् ।
त्यसपछि प्रधानमन्त्री दाहालले भारतीय
राष्ट्रपति प्रणव मुखर्जीसंग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
राष्ट्रपतिसँगको भेटवार्तालगत्तै उनले भारतीय समकक्षी नरेन्द्र मोदी, भारत
सरकारका वरिष्ठ मन्त्री एवम् पदाधिकारीसँग भेटवार्ता गर्नेछन् ।
0 comments