Passengers board a plane crashed so described: was aboard the ship for nearly a suspicious situation, Mario is a fate be alive
12:33 AM
शनिबार
काठमाडौंबाट भैरहवाको लागि उडेको यति एयरलाइन्सको विमान भैरहवा
विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा पर्यो । भाग्यबस, दुर्घटनामा कसैले
ज्यान गुमाउनु नपरेपनि पाइलटसहित ५ जना सामान्य घाइते भएका छन् भने
विमानमा पनि क्षति पुगेको छ । उक्त दुर्घटनाग्रस्त विमानमा दाङका हेमन्त
सागर केसीपनि सवार थिए । उनले भने, ‘मरियो भनेको भाग्यले बाँचियो सर, नयाँ
जीवन पाइयो ।’ उनले उक्त विमान दुर्घटनाअघि आकाशमा शंकास्पद अवस्थामा
उडेको बताउँदै एयरलाइन्स कम्पनीको चरम लापरबाही दुर्घटना हुनुको कारण रहेको
आरोप लगाए । दुर्घटनाबारे केसीको बयान उनकै शब्दमा
दाङको एक कम्पनीमा कार्यरत छु र दाङकै स्थायीबासिन्दा पनि हुँ ।
काठमाडौंमा काम विशेषले आएको म शनिबार भैरहवासम्म विमानमा जाने र त्यहाँबाट गाडीमा दाङ जाने योजनाअनुसार यति एयरलाइन्सको विमानमा सवार थिएँ ।
त्यस्तै बेलुका ५ बजेको हुँदो हो– विमान धावनमार्गमा गुड्दै थियो तर विमानमा खतराको साइरन बजिरहेको थियो । त्यसरी साइरन बज्दा पनि हामी यात्रुलाई कुनै पनि जानकारी दिइएन ।
जसरी सामान्य अवस्थामा विमान ल्याण्डिङ हुन्छ, त्यो भन्दा बिल्कुल फरक अनुभव हामीले गरिरहेका थियौं । त्यति नै बेला विमानमा ठूलो आवाज आयो ।
आवाजसँगै विमान डिस्ब्यालेन्स हुँदा मलाई लाग्यो कि विमानमा कुनै भयानक खराबी आएर दुर्घटनामा पर्यो । त्यतिनै बेला विमानको इमर्जेन्सी ढोकाहरु बज्न थाल्यो र हामीले त्यो खोल्न खोज्यौ खुल्दै खुलेन । न त पाइलट ले पनि खोलिदिन सके । एयरहोइटेजले पनि सिकाएका हुन्छ, आकस्मिक अवस्थामा इमर्जेन्सी ढोका कसरी प्रयोग गर्नेभन्नेबारे । तर त्यस्तो अवस्था सिकाएका कुराहरु कुनै लागू नहुने रहेछ । म विमानको स्टार्टिङ प्याइन्ट मै थिएँ, ढोकाखोल्न जति प्रयास गर्दा पनि सफल भइन भने अरु साथीहरु चिच्याइरहेका थिए ।
त्यसरी विमानको ढोका पनि नखुल्ने र विमानको एक भागमा सामान्य आगलागी समेत हुन थालिसकेकाले अब मरियो भन्नेमा लागेको थियो तर भाग्यले बाँचियो । नयाँ जीवन पाएको अनुभूति भइरहेको छ । दुर्घटनामा परेर शरीरमा सामान्य चोट लागेको छ । पाइलटको पनि घुँडामाकाटेर रगत बगिरहेको देखेको थिएँ । अरु केहि यात्रुहरु पनि सामान्य घाइते भएका छन् ।
४ः१० को फ्लाइट थियो तर डिले भएर ४ः२५ बजे भैरहवाको लागि विमान छुटेको थियो । विमान आकाशमा हुँदा पनि शंकास्पद अवस्थामा उडिरहेको थियो ।
त्यतिबेलै एयरहोइटेजले विमान केहिबेर होल्ड हुनसक्छ भन्ने जानकारी दिएकी थिइन् । तर विमानमा अरु खराबी रहेको भन्नेबारे भने केहि भनिएको थिएन र त्यो जानकारी पनि दिइँदैन क्यारे । पांग्रामा समस्या आएको छ, ल्याण्डिङमा समस्या आउन सक्ने भन्नेबारे केहि पनि भनिएको थिएन । तर हामीले थाहा पाइसकेका थियौं कि विमान अस्वाभाविक रुपमा हाइटमा लगिएको थियो किनभने ल्याण्ड गर्ने क्रममा पांग्रालाई एक्टिभ गर्नुपर्ने हुन्छ तर त्यो पांग्राले काम नगर्दा हाइटमा लगिएको पछि एक जानकारले बताएका थिए । ल्याण्डिङ गर्दा पांग्रामा समस्या आउँदा विमान डिस्ब्यालेन्स भएर चिप्लिएर घाँसे मैदानतिर पुग्यो ।
धन्न विमानमा ठूलो आगलागी भएन, हाम्रो ज्यान जोगियो । आकाशमै अरु समस्या आएको भए के हुन्थ्यो ? विमान सामान्य चेकजाँच समेत नगरी उडाएको सुन्नमा आएको छ। यो यतीको चरम लापरबाही हो ।
विमानमा सवार रहँदै गर्दा मौसम खराबीका कारण विमान केहि मिनेट होल्ड हुनसक्ने जानकारी दिइएको थियो । त्यो स्वाभाविकै पनि हो । तर जब पांग्रामा समस्या आयो चालकको मुहारमा समेत आत्तिएको भाव देखिन्थ्यो । जब विमान आकाशमै अस्वाभाविक गतिविधि देखाउन थाल्यो र अवतरणको क्रममा पनि विमानमा असन्तुलन देखा पर्यो त्यतिबेला म जस्तै सबै यात्रुहरु निकै आत्तिएका थिए ।
विमान धावनमार्गमा दुर्घटना हुँदा इमर्जेन्सी ढोकामा साइरनबजिसक्दा पनि ढोका खोल्न खोज्दा पनि खुलेन । यदी विमानमा ठूलो आगलागी भएको भए ढोका नखुलेकै कारण हामीले ज्यान गुमाउनु पर्ने थियो ।
विमान घावनमार्ग अगाडीको नाला रहेको घाँसे मैदानमा धस्सिएको धेरै बेरपछि मात्रै ढोका खोल्न पाइलट सफल बनेका थिए ।
विमान दुर्घटनामा परिसकेपछि पनि विमानस्थलका कर्मचारी निकै ढिला आइपुगे । बरु, त्यहाँका स्थानीयहरु पहिला आइपुगे । उनीहरुकै सक्रियतामा उद्दार भएको थियो ।
विमान दुर्घटनामा परेर पनि बाँच्नु भनेको ठूलो कुरा हो । म यसलाई रेअर केश भन्छु, नयाँ जीवन पाएको अनुभूति भइरहेको छ । अब जीन्दगी सकियो भन्ने लागेको थियो, भाग्य बलियो रहेछ । पछि मैले पाइलटलाई किन दुर्घटना भयो भनेर सोध्दा उनले स्पाइरल अड्कियो, रोक्ने बेलामा समस्या भयो भन्ने जवाफ दिएका थिए । पाइलटको भनाईमा लगातार जहाज चलाउँदा यस्तो भएको रे । विमानले दिभर उडान गरेको भरेकै । होल्ड नै हुन पाएन रे । दुर्घटना हुनुअघि विमान भैरहवाबाट काठमाडौं आएर लगत्तै भैरहवाका लागि उडेको थियो ।
मर्मतको पाटोमा ध्यान नदिई लगातार विमान उडाउँदा यस्तो भएको जस्तो लाग्छ । कम्तीमा एक पटकको उडान गरेर विमान ठीक अवस्थामा छ कि छैन भनेर चेकजाँच गरेपछि मात्रै अर्को उडान गरिए यस्ता नियति भोग्नु पर्दैन थ्यो कि !

0 comments