Miduka mountain landslide due to incessant rainfall displaced five houses, small hydropower block

12:15 AM

उत्तरी पर्वतको भुकताङ्ले गाविस–७ स्थित मिदुका पाँच घर विस्थापित बनेका हुन् । बस्तीभन्दा माथिको तिलिबराङको पहाडबाट पहिरो खस्दा स्थानीय दुर्गाबहादुर छन्त्याल, रसबहादुर छन्त्याल, तीर्थबहादुर विक, इन्द्रबहादुर छन्त्याल र चित्रप्रसाद भुसालको घरमा क्षति पुगेको हो । उनीहरू अहिले आफन्तकोमा शरण लिएर बसिरहेका छन् ।
गत बुधबार आएको वर्षासँगैको पहिरोले उनीहरू विस्थापित हुनु परेको स्थानीय महानबहादुर गुरुङले जानकारी दिनुभयो ।
उनीहरूले आफूहरूलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था गरिदिन पनि आग्रह गरेका छन् । सोही पहिरोका कारण बस्ती नजिकै रहेको करायटोलको खानेपानी योजना पूर्णरुपमा अवरुद्ध बनेको छ । पहिरोले ट्याङ्की नै बगाएपछि खानेपानी सेवा अवरुद्ध बनेको गुरुङले जानकारी दिनुभयो ।
त्यसैगरी पहिरोका कारण भुकताङ्ले गाविस–८ मा रहेको २५ किलोवाट क्षमताको ठाडोखोला लघजलविद्युत् आयोजनाको नहर भत्किदा विद्युत् उत्पादन बन्द भएको छ । विद्युत् बन्द हुँदा स्थानीय विगत पाँच दिनदेखि अन्धकारमा बस्नुपरेको बताएका छन् ।
बाढीले माछा फर्म बगायो, रु एक करोडको क्षति
पर्वत जिल्लाको पहिलो बाजुङ गाविस–६ स्थित मुलुककै उत्कृष्ट पातिखोला रेन्बोट्राउट फर्म बाढीले बगाएको छ ।
पातीखोलामा गत बुधबार राति आएको बाढीले फर्म बगाएको हो । मुलुककै नमुना फर्म बगाएपछि झन्डै रु एक करोडको क्षति भएको छ । यो फर्म गत वर्ष विश्व खाद्य दिवसका अवसरमा मत्स्यपालन फार्मतर्फ मुलुककै उत्कृष्ट फार्म घोषित भएको थियो ।
पर्वतको क्याङ गाविसबाट आएको पहिरो र खोलाको बाढी फर्ममा पसेपछि त्यहाँका सबै संरचना बगाएको छ । फर्म बगाउँदा रु २७ लाखभन्दा बढी पर्ने माछाका भुरा र तयारी माछा बगेका छन् । संरचना निर्माण गर्दा झन्डै रु ५० लाख खर्च लागेको कम्पनीका अध्यक्ष यामप्रसाद शर्माले बताउनुभयो । “फर्ममा बाढी पसेपछि झन्डै रु एक करोड क्षति भएको छ” शर्माले भन्नुभयो । रासस

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images