Madhav Prasad Ghimire purvagrhamantri the vehicle disappeared into Trishuli
6:59 AM
आश्विन
९, २०७३- पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी त्रिशुलीमा
बेपत्ता भएको छ । घिमिरेसहित ३ जना बेपत्ता छन् भने उनकी आमासहित ३ जनाको
मृत्यु भएको छ ।
गाडी चालक प्रहरी हवल्दार विष्णु राई भने गम्भीर घाइते भएका छन् ।
घिमिरे चढेको बा९च १५३१ नम्बरको गाडी चितवनको दाह्रोचौकस्थित घोप्टेभिरबाट आइतबार साँझ ४ बजे त्रिशुलीमा खसेर बेपत्ता भएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार उनकी आमा चैतन्यकुमारी घिमिरे, सशस्त्र प्रहरीका सई अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायण काफ्लेको शव निकालिएको छ । काफ्ले घिमिरेका भाञ्जा भएको बताइएको छ ।
चितवन प्रहरी प्रमुख वसन्त कुँवरका अनुसार पूर्वगृहमन्त्री घिमिरेसहित उनका भाइहरु प्रकाश घिमिरे र मोहन घिमिरे भने हराइरहेका छन् ।
घिमिरे परिवार सोह्रश्राद्ध गरेर मुस्ताङको कागबेनीबाट फर्कंदै गरेको पारिवारिक स्रोतले जनाएको छ ।
घिमिरे आफैंले गाडी चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
२०६६ साल साउन २२ गतेदेखि ०६९ साउन २१ गतेसम्म मुख्यसचिव भएका घिमिरे खिलराज रेग्मी नेतृत्वको अन्तरिम मन्त्रिपरिषदमा गृह तथा परराष्ट्रमन्त्री थिए ।

0 comments