If your wife is pregnant hotel 1 million 12 million reward!
9:29 PMयदि
तपाईंको नयाँ–नयाँ विवाह भएको छ र हनिमुनमा जान चाहनुहुन्छ भने तपाईंको
लागि खुसीको खबर छ । एक होटलको अफर थाहा पाएर अचम्मित हुनुहुनेछ तपाईं ।
हनिमूनको क्रममा यदि तपाईंकी श्रीमती यो होटलमा गर्भवती हुन्छिन् भने
तपाईंले १ करोड १२ लाख इनाम पाउनुहुनेछ । यस्तो अचम्मको अफर दिने होटल
इजराइलमा छ । येह्दा
नामक उक्त होटलमा आउने ग्राहकहरुका लागि यस्तो अफर दिइएको हो । तपाईंमध्ये
कतिले त यस्तो मोटो रकम पाइने भए, लामो छुट्टी लिएरै होटलमा बस्न जाने
सोचिसक्नुभयो होला तर यति रकम पाउन सोचेजति सजिलो कहाँ छ र ?
यसका लागि होटेलले दिएको मितिमा नै गर्भवती हुनुपर्ने हुन्छ । यदि
होटेलले तोकेको मितिमा नै कुनै महिला गर्भवती हुन्छिन् भने उनलाई करिब १
करोड १२ लाख उपहार दिइन्छ भने उनी र उनका श्रीमानको होटलको सबै खर्च कटौती
गरिन्छ । यस्तो अफरको आयोजना होटलको लिप इयर अर्थात
४ वर्षमा एक पटक मात्र गरिन्छ ।
होटलको यस्तो अफरको उपभोग गर्नका लागि थुप्रै जोडीहरु २९ फेब्रुअरीका
दिन आएर बस्ने गर्दछन् । यदि महिलाले आफू उक्त समयमा नै गर्भवती भएको दाबी
गर्छिन् भने होटल भित्रकै डाक्टरका टिमले जाँच गरेपछि आफ्नो निर्णय सुनाउने
गर्दछन् । यदि महिलाको कुरा साँचो निस्केमा उनलाई कबूल बमोजिम रकम र उपहार
प्रदान गरिन्छ ।
0 comments