Group Three Star semi bijita through

9:27 AM

एक गोलले पछी परेको थ्री स्टारलाई शिलोङ लाजोङ बिरुद्ध निराजन खड्काले गोल गर्दै  महत्वपुर्ण एक अंक बटुल्न सघाएका छन । ड्र गर्न सफल थ्री स्टार समुह बिजेता हुँदै सेमी फाइनल प्रवेश गरेको छ ।

Nirajan Khadka
खेल पछी निराजन खड्का । तश्बिर – हिम बिक्रम – एनएसजेएफ
अघिल्लो खेलमा आयल इन्डियाले फ्लामिङो बिरुद्ध ३-० को जित नतिजा निकालेपछी थ्री स्टारलाई सेमी फाइनल प्रवेश गर्न कम्तिमा ड्रको आव्स्यक्ता थियो । थ्री स्टार , शिलोङ लाजोङ र आयल इन्डियाको समान ५ अंक भएपनी गोल भिन्नताको अधारमा थ्री स्टार समुह बिजेता भयो , शिलोङ लाजोङ उपबिजेता हुँदै सेमी फाइनल प्रवेश गर्‍यो भने आयल इन्डिया समुहबाट बाहिरियो ।
२७ मिनेटमा शिलोङ लाजोङले गोल गरे पछी खेलमा पछी परेको थ्री स्टारलाई ६ मिनेट पछी बराबरी गर्ने मौका मिले पनि बिमल घर्ती मगरले पेनाल्टी मिस गरे पछी थ्री स्टारलाई बराबर गर्न ६१ मिनेट सम्म कुर्नु पर्‍यो । उपकप्तान निराजन खड्काको हेडर मार्फत गोल गर्दै थ्री स्टार महत्वपुर्ण अंक बटुल्न सफल भयो ।
स्थान टिम खेल जित ड्र हार गोल गरेको खाएको भिन्नता अंक
1 Nepal थ्री स्टार 0  ८ +५
2 India शिलोङ लाजोङ 0 +५
3 India आयल इन्डिया 0
4 India फ्लामिङो 0 0

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images