Facebook rupajalama jurisdiction of the youth drama The money kumlyaune beautiful wedding jail -
4:01 AMसक्कली
नाम विधा सरकार तर कहिले ईन्दिरा, कहिले रुचि अनि कहिले दिलासा जस्ता
विभिन्न छद्म नाम भएको महिलाको नाम हो विधा सरकार अर्थात रुचि, दिलासा,
फेमिना चापागाई । चापागाई थर बिवाह पछी राखेकी यी महिलाको ठगि धन्धाको
बारेमा सायद धेरै नेपालीहरुलाई थाहा नहुन सक्छ । नेपालको
सुदुर पुर्व ईटहरी माईत भएकी बंगालीमुलकी यि महिलाले विवाह समेत पटक/पटक
गरि सकिन । यिनको बिवाह धन्धा भनेको सोझासिधा नेपालीहरुलाई आफ्नो रुपजालमा
फसाएर सोझा सिधा नेपालीहरु लुट्नु मात्र रहेछ भन्ने कुरा आज आएर प्रमाणित
भएको छ र यहि पापको घडा भरिएर यी ठग महिला अहिले प्रहरीको चिसो कोठरीमा
पुग्न समेत बाध्य भएकी छिन । सामाजिक संजाल फेसबुक कसैको लागी बरदान साबित
भएको छ भने कसैको लागी अभिसाप ।
फेसबुक मार्फत सोझा सिधा युवकहरुलाई आफ्नो रुपजालमा फसाएर विवाहको नाटक
रच्दै रकम कुम्ल्याउन माहिर रैछन भन्ने कुरा आज प्रहरीको फन्दामा परे पछी
मात्र धेरैले चाल पाए । केहि समय मलेसियाको बसाई पछी यी ठग महिलाले म अहिले
जर्मनीमा छु । म संग रातो पासपोर्ट छ ! युरोप पठाई दिन्छु भन्दै सोझा सिधा
नेपालीहरुलाई आफ्नो मोहिनी रुपजालमा फसाउन सफल भईन । त्यसरी फस्नेमा पुर्व
तिर घर भएका थपलिया थरिका ब्यक्ति परे ।
विवाहको नाटक देखाएर यी ठग महिलाले आफ्ना पति जेठाजु देखि देउरानी समेतलाई
आफ्नो वाकपटुताले लठ्याएर करोडौ करोड रकम ठग्न सफल भएकी रैछिन । ती आईमाई
एक्लैले यस्तो काम गर्न पक्कै पनि सक्दैन । आफ्नो मोहनिजालमा युवाहरुलाई
फसाउदै लाखौ रकम लिएर टाप कस्नमा मद्धत गर्ने माईतिकै सदस्यहरु आमा ईन्दिरा
तथा सानीआमा यमुना रैछ भन्ने कुरा पनि पछी खुल्न आएको देखियो ।
कुनै पनि व्यक्तिको घरमा अपरिचित पुरुष आएर घरकी बुहारीलाई तर्साउछन भने
घरको मुलिले पक्कै पनि सहन सक्दैन । फेसबुक चिनाजानी मार्फत पाचौ पटक
बिवाह गरेर आएकी यी धुर्त आईमाईले धेरै युवाहरुको भबिस्य बर्बाद बनाई दिएको
रैछ भन्ने कुरा पति देखि घर मुलिले पत्तो पाउने कुरा पनि भएन । युरोप पठाई
दिन्छु भनेर रकम लिईन तर नपठाए पछी पिडित मध्येका एकलाई रकम फिर्ता त गरिन
सिद्धार्थ बैंक ईटहरीको नाउँमा काटिएको त्यो चेक सक्कली नभएर नक्कली रहेछ
भन्ने कुरा समेत प्रमाणित भएको देखियो । जुन दिन बाट हालको बिवाह गरेको
लोग्नेको घरमा बिहा गरेर प्रबेस गरिन त्यस पछी घरमा अपरिचित मानिसहरु आएर
यो आइमाइले हामीलाई युरोप पठाई दिन्छु भनि लाखौ ठगेको छ भन्दै पैसा
माग्नेको तातीं देख्दा घर मुली देखि पति सम्म छक्क पर्नु स्वभाविकै थियो ।
हुँदाहुँदा एक दिन प्रहरिनै आएर पक्राउ गरि लगेपछी पाँचौ पटकका पति देखि
पतिका घरका सम्पूर्ण सदस्यहरु समाजमा बेईज्जति हुने भयेले चिन्तामा पर्नु
स्वभाविकै थियो ।
राजनेताहरुलाई आफ्नो मोहनी सुन्दरता देखि चिप्लो कुराले प्रभाव पार्न
खप्पिस यी महिला समय समयमा सामाजिक कार्यमा संलग्न भएको देखाउन समेत खप्पिस
थिइन । समाज सेवा भन्दै वालवालिकालाई सहयोग गरेको तस्बिर सामाजिक संजाल
फेसबुकमा राख्ने यी महिला ठुला पार्टीका नेताहरुको नजिक पुग्न समेत सफल
भएकी थिइन । केहि
तस्बिरले त्यस्तै देखायो । पार्टीका नेताहरु संग तस्बिर खिचाएर आफ्नी ठगि
धन्दा चलाउन फेमिना चापागाई माहिर रैछीन । अनुहार तथा सौन्दर्यको भरपुर
फाईदा उठाएर थुप्रैलाई आफ्नो बसमा पारेर युरोप पठाई दिन्छु भनि करोडौ करोड
ठग्न सफल फेमिना चापागाई हाल प्रहरी हिरासतमा छिन । पापको घडा भरिन्छ भनेको
यहि नै हो क्यार ।
हाम्रो गाउँ समाजमा बस्ने नागरिकहरु आफ्नो छोरी चेली बुहारीले गल्ति
गर्यो भने समाजमा बेईज्जत हुन्छ भन्ने भयले साँचो कुरा बाहिर ल्याउन
चाहादैनन । प्रहरी आएर पक्राउ गरि नलगेको भए विधा सरकार अर्थात फेमिना
चापागाईले अन्य धेरैलाई आफ्नो मोहनीजालमा फसाएर घरको न घाटको बनाउने पक्का
थियो । पिडितहरुले उजुरी गरेको भएर पक्राउ परि अहिले जेलको चिसो हावा
खादैछिन तर पनि जेलबाट छुटेर आएपछि हालको पतिलाई तलाई ठिक पार्छु , मेरो
शक्ति देखाई दिन्छु भनेर धम्क्याउन छाडेकी छैन । हामीले महिला हिंसाको
बारेमा त सुनेका थियौ तर महिलाबाट पुरुषहरु लुटिने र ठगिने गरिन्छ भने
यस्तो कार्यलाई पुरुष हिंसा भनेर भन्न मिल्छ कि मिल्दैन ?
यस्तो प्रश्न उठ्न पनि सक्छ होला । हिजो आफ्नो सुन्दरताको कारणले माता
सीतालाई राबणले हरण गरेको त सुनेका थियौ । आज आफ्नो सुन्दरताले पुरुष हरण
गरेर लाखौ लाख लुटेको पनि देख्न पाईन्छ भने कम्युनिस्ट नेताहरुले भन्ने
गरेको महान क्रान्तिकारी तथा अग्रगामी छलांग भनेको यहि त हैन भनेर सोच्न कर
लाग्छ कि लाग्दैन ?
कुनै पनि महिलाको सुन्दरतामा मक्ख परेर सामाजिक संजालमा कुरा गरेको भरमा
आनीबानी नबुझिकन बिवाह गर्नु भयो भने त्यसले बिपत्ति निम्त्याउन बेर लाउदैन
। नेपालमा हत्यारा देखि ज्यानमारा समेत धनदेखि शक्तिको आडमा सजिलै संग
हिरासत मुक्त हुने गरेका देखेका छौ । पिडितहरुले न्याय पाउलान नपाउलान त्यो
न्यायमुर्तिको हातमा छ तर भोलि जेलबाट छुटे पछी पुन आफ्नो रुप रंग र
यौवनको लोभ देखाएर यी महिलाको जालमा कोहि पनि नपरुन ।
0 comments