China began to ask - what happens to the old agreement?

7:04 PM

KATHMANDU, Sept 24 - The Government of China for the development of Nepal government had earlier stressed on implementation of the agreement has been found. Nepal government team to China several times to visit the dozens nadekhaekoma agreement, China has expressed interest in NepalActing Prime Minister and the Ambassador of China in various high-level leaders of the government hariscanadra Ghimire implementation of the agreement during the visit of China's lack of information given to express cinta. "Every time, during his visit to China to meet the high team when the old agreement are urged to implement. Information about the government is that, "he said.As every high-level visit to China, the government has to ask - before the agreement was continued so few? Tatopani border repeatedly urged the Government of China to the Government of Nepal to divulge the information, he said, "would be the third largest barrier Nepal revenue collection, Nepal and China, both large deficit being closed both are understood. But the problem is seen intact. '


काठमाडौं, ८ असोज - चीन सरकारले नेपालको विकासका लागि पूर्ववर्ती सरकारले गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने विषयमा जोड दिएको पाइएको छ। नेपालका सरकारी टोलीले विभिन्न समयमा गरेको चीन भ्रमणमा गरेका दर्जनौ सम्झौताबारे नेपालले चासो नदेखाएकोमा चीनले दुःख व्यक्त गरेको छ
चीनका कार्यबाहक राजदूत हरिश्चनद्र घिमिरेले सरकारका प्रधानमन्त्रीदेखि विभिन्न उच्च तहका नेताको भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयन नभएकोमा चीनले चीन्ता व्यक्त गरेको जानकारी दिए। ’हरेक पटकको चीन भ्रमणका क्रममा उच्च टोलीसँग भेटघाट गर्दा पुरानो सम्झौता कार्यान्वयन गर्न आग्रह गरेका छन्। त्यस विषयमा सरकारलाई जानकारी गरिएको छ,’ उनले भने।
हरेक उच्च तहको भ्रमणका क्रममा चीन सरकारले सोध्ने गरेको छ - पहिला गरेको सम्झौताको निरन्तरता केही भयो त ? तातोपानी नाका खुलाउने सम्बन्धमा नेपाल सरकारले चीन सरकारलाई पटकपटक आग्रह गर्ने गरेको जानकारी उनले भने, ’नेपालको राजश्व संकलन हुने तेस्रो ठूलो नाका बन्द हुँदा नेपाल र चीन दुबैलाई ठूलो घाटा भइरहेको दुबैले बुझेका छन्। तर समस्य जस्ताको तस्तै देखिएको छ।’

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images