Now, if the death of the driver's license revoked passengers overturned

5:44 AM

काठमाडौं । लापर्वाही गरेर सवारी दुर्घटना गराएर कसैको मृत्यु भएमा चालकको लाइसेन्स खारेज हुने भएको छ । सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नियमावलीमा संशोधन भइसकेको बताए । 
उनले सवारी दर्घुटनामा कसैको मृत्यु भएमा वा लापर्वाही गरेको पाएमा चालकको सवारी चालक अनुमति पत्र नै खारेज गर्ने बताए ।
थप व्यवस्था के–के ?
यात्रुबाहक सवारीले बढी यात्रु बोकेमा चालकका अनुमति पत्र ६ महिनाका लागि निलम्बन गर्ने, बाटो इजाजत पत्र खारेज र सवारी दर्ता इजाजत पत्र ६ महिनाका लागि निलम्बन गर्ने
यात्रुबाहकले मालसामान र मालबाहकले यात्रु बोकेमा चालकको अनुमति पत्र ६ महिनाका लागि निलम्बन गर्ने, बाटो इजाजत पत्र खारेज र सवारी दर्ता इजाजत पत्र ६ महिनाका लागि निलम्बन गर्ने
पर्यटक सवारीले गैरपर्यटक यात्रु बोकेमा चालक अनुमति पत्र ६ महिनाका लागि निलम्बन गर्ने र सवारी दर्ता इजाजत पत्र पनि ६ महिनाका लागि निलम्बन गर्ने
निजी सवारीले भाडाको यात्रु बोकेमा चालक अनुमति पत्र ६ महिनाका लागि निलम्बन गर्ने र सवारी दर्ता इजाजत पत्र पनि निलम्बन गर्ने
सार्वजनिक सवारीले रुट इजाजत नलिएको बाटोमा सवारी चलाएमा चालक अनुमति पत्र ६ महिनाका लागि निलम्बन गर्ने र सवारी दर्ता इजाजत पत्र पनि निलम्बन गर्ने
लामो रुटमा दुई चालक अनिवार्य । नभए सवारी साधनको बाटो इजाजत पत्र खारेज र दर्ता इजाजत पत्र छ महिना निलम्बन ।
संसदको रोष्टममा उभिएर मन्त्री लेखकले भनेका छन्, ‘यो कार्यान्वयन गर्न आश्वयक छ । ठीक ढंगले कार्यान्वयन गर्न सके सडक दुर्घटना न्यूनिकरण हुनसक्छ ।’
अस्थायी रुट परमिट जिल्लाबाटै
मन्त्री लेखकले अस्थायी रुट परमिट दिने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको बताए । कच्ची बाटोको रुट परमिट लिन विभाग र केन्द्रमा आउनु पर्ने व्यवस्था रहेको पाइएको भन्दै उनले अधिकार प्रत्यायोजन गरिएको बताए ।
यसले सिण्डिकेट अन्त्यमा सहयोग पुग्ने मन्त्री लेखकले दाबी गरे । रुट परमिट विना चलेको गाडी रोकिँदा यात्रुलाई केही समस्या देखिएको उनले बताए ।
सरकार सिण्डिकेट चाहन्छ कि व्यवथित यातायात व्यवस्था भन्ने सांसदहरुको प्रश्नमा मन्त्री लेखकले भने, ‘सरकार व्यवथित यातायात व्यवस्था चाहन्छ, यसका लागि सदनको साथ चाहिन्छ ।’
छतमा मानिस राख्न नहुने मागबारे जवाफ दिँदै उनले यदि यात्रुलाई असुविधा हुँदैन भने लामो दुरीको बसमा केरियर नै हटाइदिउँ भन्ने आफूलाई लागेको उनले बताए ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images