Nepalgunj, Surkhet, a passenger bus skidded off going 2 9 injured in an accident, 6 seriously

8:44 AM

कोहलपुर भाद्र २६ । नेपालगन्जबाट सुर्खेत जाँदै गरेको एक यात्रुबहाक बस देउरालीमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । ना ३ ख ४७३५ नम्बरको बस चिसापानी ४ देउराली नजिक दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका हुन् । उनीहरुमध्ये ६ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

buss-accudent-nepal
फाइल फोटो
बस सडकबाट करिब ३० मिटर तल भिरमा रुखले अड्याएको छ । घाइतेहरुलाई नेपाली सेना, नेपाल प्रहरीले उद्वार गरेका छन् । घाइतेहरुको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेकोे प्रहरीले जनाएको छ । घटनास्थल हेर्दा बसले अर्को गाडिलाई ओभरटेक गर्दा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुरेश काफ्लेले बताए । उनले दुर्घटना भएको स्थलमा पानी परेका कारण सडक चिप्लो रहेकाले पनि बस दुर्घटना भएको हुन सक्ने बताए ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images