Malaysia. Ekkasi lost relatives to go abroad for 15 years was seen on Facebook

5:24 AM

Malaysia. Ekkasi lost relatives to go abroad for 15 years was seen on Facebook What happens? Definitely not in the family joy. Myagdi a family has experienced the same fate.Myagdi of contact for a long time in the sun are seen Casey suddenly on Facebook. However, his condition showed signs of the sun by searching family has requested her back to Nepal.15 years ago from Malaysia for employment Arman VDC Ward No. 8, Section Myagdi Casey is still not in contact with the family.Though hope is to recover his family about 9 is slated for August 1, a Nepalese security guard who possess kesisamgai pheato family hope that they put on Facebook.Casey had found a place Pudu, and know where that has not been lost. Casey has been Malaysia March 2058 households said

 मलेसिया । विदेश गएर १५ वर्षसम्म हराएको आफन्त एक्कसी फेसबुकमा देखिँदा कस्तो लाग्ला ? पक्कैपनि त्यो परिवारसँग खुसीको सीमा रहँदैन । म्याग्दीको एक परिवारले यस्तै नियती भोगेको छ ।

लामो समयदेखि सम्पर्कविहीन भएका म्याग्दीका सूर्य केसी एक्कासी फेसबुकमा देखिएका छन् । तर, उनको अवस्था नाजुक देखिएकाले सूर्य खोजी  गरेर नेपाल फिर्ता गरिदिन परिवारले अनुरोध गरेको छ ।

रोजगारीको लागि १५ वर्ष अगाडि मलेसिया आएका अर्मन गाविस वडा नं ८ धारा म्याग्दीका केसी अझै परिवारको सम्पर्कमा छैनन् ।

परिवारले आशा नै मारिसकेको भएपनि उनको बारेमा अगष्ट १९ तारिकमा एक नेपाली सेक्युरिटी गार्डले केसीसँगै फेाटो खिचाएर फेसबुकमा राखेपछि परिवारमा आशा पलाएको छ ।

केसी पुडु भन्ने ठाउँमा भेटिएका थिए, त्यसपछि कता हराए भन्ने थाहा भएको छैन । केसी २०५८ को फागुन महिनामा मलेसिया गएको घरपरिवारले बताएको छ ।

आफन्तहरुले खोजी गरिदिन नेपाली दूतावास तथा विभिन्न संघसंस्थामा समेत जानकारी गराइसकेका छन् ।


You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images