King Sangh maintain a record of cooperation: countries have no interest in rescuing

9:52 AM

असोज १४, गिनिज वल्र्ड रेकर्ड र रेकर्ड सेटरमा दुई दुईवटा विश्व कीर्तिमान राखेका २१ वर्षीय राजा थापा होटलमा काम गरेर जीवन गुजारा गर्दै आएका छन् ।

पाँचथर यासोकका थापा विगत तीन वर्षदेखि झापा बिर्तामोडको एक होटलमा काम गर्दै आएका छन् । नाजुक पारिवारिक स्थिति रहेका थापालाई होटलको कामबाट पाउने तलबले एक्लो ज्यान धान्न समेत पुग्दैन । २० घण्टासम्म खट्दा ६ हजार पाउँछन् । त्यो पनि नियमित छैन ।

‘जसोतसो जिन्दगी चलेको छ,’ उनले भने । बेलायतको मिरर र डेल्ली मेलले विश्व कीर्तिमानको खबर सार्वजनिक गरेपछि यिनलाई भारतका विभिन्न संस्थाहरूले बोलाए । आश्वासन दिए । तर, यिनी गएनन् । ‘जे गर्छु आफ्नै देशका निम्ति गर्छु भनिदिएँ,’ उनले गुनासो पोखे, ‘तर आफ्नो देशले चाहिँ कुनै चासो चिन्ता नलिँदा दुख लागेर आउँछ ।’

पछिल्लो समयमा स्ट्रीट हिरोको रुपमा आफ्नो परिचय बनाउँदै आएका थापाले शरीरको पछाडीको पाताले दुई वटा पिकअप तानेर समेत नयाँ कीर्तिमान बनाउँन लागि परेका छन् । देशका निम्ति केहि गर्छु भन्ने उदेश्य बोकेका थापा आर्थिक अभावकै कारण आफ्नो जिवन चलाउँनै गाहा्रे भएको बताउँछन् । आर्थिक अभावकै बाबजुत पनि थापाले यसअघि नै विभिन्न शिर्षकमा विश्व कीर्तिमान बनाई सकेका छन् ।

मुखमा १ सय ३८ वटा पेन्सिल राखेर विश्व कीर्तिमान

थापाले यसअघि मुखमा एकै साथ १ सय ३८ वटा पेन्सिल राखेर विश्व कीर्तिमान बनाएका थिए । भारत मुम्बईका दिनेश शिवनाथ उपाध्यायको रेकर्ड उनले तोडेका हुन् । यसअघि उपाध्यायले १ सय २ वटा पेन्सिल मुखमा राखेर विश्व कीर्तिमान कायम गरेका थिए ।

मुखमा ३२ वटा मैनबत्ती बालेर गिनिज वल्र्ड रेकर्ड
यसअघि उनले मुखमा ३२ वटा मैनबत्ती बालेर उनले गिनिज वल्र्ड रेकर्ड बनाएका थिए । उनले ३२ वटा मैनबत्ती बालेर मुखमा एक मिनेटसम्म राखेर कीर्तिमान राखे । जबकि आधा सेकेन्ड होल्ड गर्दा नै अघिल्लो रेकर्ड तोडिन्थ्यो । भारतका उपाध्यायले नै यसअघि १५ वटा मैन बालेर मुखमा हालेका थिए ।

पाताले ३८ वटा बिस्कुट फुटाएर गिनिज वल्र्ड रेकर्ड
उनले पाताले ३८ वटा बिस्कुट फुटाएका थिए । यसअघि त्यो रेकर्ड इटालीका एक जनाको नाममा थियो । उनले एक मिनेटमा २१ वटा बिस्कुटमात्रै फुटाएका थिए ।

१० वटा मैनबत्तीको ६ ग्राम थोपा ३० सेकेन्डसम्म चुहाएर -

थापाले यसअघि अर्को अनौठो कीर्तिमान पनि बनाएका छन् । १० वटा मैनबत्तीको ६ ग्राम थोपा ३० सेकेन्डसम्म चुहाएर । यसअघिको रेकर्ड २ ग्राममात्रै थियो । चारवटै कीर्तिमानको प्रमाणपत्र यिनले पाइसकेका छैनन् । तर, आयोजकले चाँडै उपलब्ध गराउने आश्वासन दिएको बताए ।

उनको आगामी योजना विश्वको सर्वाधिक ठूलो मुखमा कीर्तिमान गर्नेछ । हाल विश्वको सर्वाधिक ठूलो मुखको नाप ८ दशमलव ८ सेन्टिमिटर छ । थापाको लक्ष्य ९ दशमलव २ सेन्टिमिटरसम्म ठूलो बनाउनेछ । ‘९ सेन्टिमिटर लामो मुख त अहिले नै बनाउन सक्छु,’ थापाले भने । थापाले अन्य थुप्रै अनौठा रेकर्ड बनाउन सक्ने दाबी गरेका छन् ।

उनले अन्य बिभिन्न बिधा जस्तै "फास्टेसट् , स्ट्रोङ्गेस्ट्, बिग्गेस्ट्" एवं अन्य साहसिक कामका कीर्तिमानहरू समेत बनाउन आफू सक्षम भएको बताए । विलक्षण क्षमता भए पनि उचित अवसर र सहयोग नपाउँदा थापा गुमनामझैं छन् । यिनी सहयोगका लागि दिनरात भौतारिरहेका छन् । उनलाई सहयोग गर्न चाहने सहयोगी मनहरुले उनको मोबाईल नंबर - ९८०६०७९२०९। ९८२४०८८६४४ वा डिल्ली राम अधिकारीको नाममा रहेको हिमालय बैंकको खाता नं ०२३०५१६०३४००१३ मा समेत सकेको रकम सहयोग गर्न सक्नुहुनेछ ।    

0

0
0
Google +
0
0
1066

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images