Arghakhanchi hansapurako ratanamarema accident, 11 people were killed until now

7:56 AM

सुर्य भुसाल, प्रेम खड्का, अर्घाखाँचीडट्कम


हंसपुर, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट प्युठानको बाँधिकोटतर्फ जाँदै गरेको  जिप हंसपुरको रतनमारे नजिकै आइतबार दिउँसो तीन बजेतिर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । घटनास्थलमा ९ जनाको र २ जनाको जिल्ला अस्पताल सन्धिखर्कमा  मृत्‍यु भएको हो । 


दुर्घट्नामा ७ जना घाइते भएका छन् । गम्भीर घाइते मध्ये ४ जना सुरज खनाल जिबलाल पोख्रेल अर्जुन नेपाली यमकला कुवरलाई थप उपचारका लागि बुटवल पठाइएको छ । भने २ जना मुना र कविता पौडेलको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भईरहेको छ ।


सन्धिखर्कबाट दिउसो १ बजे छुटेको ग १ ज ४८७८ नम्बरको जिप हंसपुर ५ र ९ को बीचमा पर्ने सडकबाट करिब सात सय मिटर तल खस्दा ढुङ्गामा अड्किएको थियो । दुर्घटनामा परि मृत्यु हुनेमा गाडी धनि नारायण  बहादुर राना समेत रहेका छन् ।  


देउराली यातायात व्यवसायी समितीका अनुसार जीपका लागि सन्धिखर्क टिकट काउन्टरबाट १२ जनाले टिकट काटेका थिए । जीपमा १९ यात्रु सवार थिए । गाडी दुर्घट्ना भएको स्थान उकालो छ । जीप चालक गुल्मीका उत्तम श्रीसलाई प्रहरी नियन्त्रणमा लिएको छ । 
मृतकको विवरण यस प्रकार छ:

१- नारायण  बहादुर राना ( गाडी धनी ) , किमडाँडा, अर्घाखाँची
२ - देव बहादुर थापा हंसपुर- १ वर्ष ३६ , अर्घाखाँची
३- भिम बहादुर केसी , ( रामु ) हंसपुर- ४ , अर्घाखाँची
४ - राम बहादुर घर्ती मगर हंसपुर - ५ , अर्घाखाँची
५- हुम बहादुर घम हंसपुर- ५ , अर्घाखाँची
६- कमला पौडेल, धारापानी - ६, अर्घाखाँची
७- बुद्धि राम परियार,  भनभने, गुल्मी
८- भेष बहादुर थापा, वर्ष ५५   पुर्कोटदह, गुल्मी
९- शिव बहादुर कुवर,  पुर्कोटदह, गुल्मी
१०- सोभा सिंह रोक्का,  बाङगेमरोठ, प्युठान
११ - सिता नेपाली, सन्धिखर्क नगरपालिका - २, अर्घाखाँची  

दुर्घटनामा नाबालक बच्चा बाचे, आमा मरिन् 

हंसपुर दुर्घटनामा नाबालक बच्चा बाँच्न सफल भएका छन् । तर सन्धिखर्क नगरपालिका - २ सिता नेपालीको घटनास्थलमा मृत्‍यु भएको छ । बच्चाको नाम खुल्न सकेको छैन ।   






You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images